पक्षघातबाट मृत्युः वाण लागेर होइन

पक्षघातबाट मृत्युः वाण लागेर होइन
पक्षघातबाट मृत्युः वाण लागेर होइन

 

752
SHARES
FacebookTwitterMessengerViberMore
 

 

जनस्वास्थ्य सरोकार, काठमाडौं || प्रकाशित मिति :2019-03-19 05:19:17

प्रा.डा. गोपाल रमण शर्मा, वरिष्ठ न्युरो भास्कुलर सर्जन

न्युरोलोजी र न्युरोसर्जरी विधामा सिंगो शरीरका अंगहरुलाई सञ्चालन गर्ने ब्रेन, स्पाइन र त्यसबाट निस्किएका नशाहरुमा देखापर्ने रोगहरुको अध्ययन र उपचार गरिन्छ । औषधि र फिजियोथेरापीले निको पार्ने सबै नसाका समस्याहरु हेर्ने विधा न्युरोलोजी हो । नशा, ब्रेन, स्पाइनल कर्डलगायतका रोगहरु जसलाई शल्यक्रिया गरेर निको पार्न सकिन्छ, त्यसलाई न्यूरो सर्जरी भनिन्छ । उदाहरणका लागि टाउको दुःखाई, छारेरोग आदि न्यूरोलोजी विधामा पर्दछन् भने ब्रेन ट्यूमर, एन्युरिजम आदि न्यूरो सर्जरीमा पर्दछन् । सरकारबाट न्यूरो सर्जरी क्षेत्रमा नगन्य रुपमा आर्थिक लगानी गरे पनि न्यूरो शल्यक्रियाको सफलता निकै राम्रो छ । अहिले नेपालमा न्यूरो सर्जरीको सफलता दर ९३ देखि ९५ प्रतिशतसम्म छ । जबकि विश्वका अन्य देशको तथ्यांकलाई हेर्दा यो सफलता दर करिब ८०—९५ प्रतिशतको हाराहारीमा मात्र आउँछ ।

 

विगतमा गाउँघरहरुमा बेहोस भएर कसैको मृत्यू भएमा वाण लागेर मृत्यू भएको विश्वास गरिन्थ्यो । यस्ता व्यक्तिलाई चाँडो गरेर अस्पताल पु¥याउने र रोगको निदान गरी उपचार पु¥याउने कसैले पनि ध्यान दिँदैन थिए । वाण लाग्नु भनेको पक्षाघात अथवा हृदयघात भएर बिरामीको मृत्यू हुनु हो । 

थोरैको रुची
न्यूरो सर्जरीको तालिम लिनु, न्यूरो सर्जन बन्नु र न्यूरो सर्जन बनेपछिको जिम्मेवारी वहन गर्नु त्यति सजिलो काम छैन । १ हजार चिकित्सकहरुमध्ये ५—६ जना जतिले मात्र न्यूरो सर्जरीमा रुचि राख्छन् । यस न्यूरो सर्जरी विधामा स्पेशलाईज गर्न डाक्टरमा समर्पण, अनुशासन, क्षमतावान, बौद्धिकता, स्मार्टनेस र शारीरिक रुपमा पनि तन्तुरुस्त हुनुपर्छ ।

मेरो नजरमा न्यूरो सर्जनहरु स्वास्थ्य क्षेत्रका सुपर म्यान अर्थात सुपर हिरो नै हुन्। कहिलेकाँही बिहान शुरु गरेको टाउकाको शल्यक्रिया राति अबेरसम्म पनि सकिदैन । कुनै कुनै दिन त अस्पतालमै सुत्नुपर्ने अवस्था पनि आउँछ ।

सुपर हिरो 
मेरो नजरमा न्यूरो सर्जनहरु स्वास्थ्य क्षेत्रका सुपर म्यान अर्थात सुपर हिरो नै हुन् । कहिलेकाँही बिहान शुरु गरेको टाउकाको शल्यक्रिया राति अबेरसम्म पनि सकिदैन । कुनै कुनै दिन त अस्पतालमै सुत्नुपर्ने अवस्था पनि आउँछ ।
टिकाउन गारो 
बिगतमा न्यूरो सर्जरी सिटी स्क्यानको भरमा सम्पूर्ण टाउको शल्यक्रिया गर्नुपथ्र्यो र जनशक्तिको निकै अभाव थियो । न्यूरो सर्जरी विभागमा धेरै काम गर्नुपर्छ, गा¥ह«ो छ भनेर कोही डाक्टर पनि आउन मान्दैन थे । कोही कोहीलाई फकाएर तालिम लिन पठाएपनि धेरै समयसम्म टिकेर बस्न सक्दैन थिए ।

 

परिश्रम कडा 
अहिले अत्याधुनिक प्रविधि, साधनहरु नेपालमा भित्रिएका छन् । विगतको तुलनामा शल्यक्रियामा सहज भएको छ । तर पनि न्युरो सर्जनहरुको दिनहरु कडा परिश्रममै बितिरहन्छन् । विशेषगरी मस्तिष्कभित्रको रगतको नशासम्बन्धि रोगहरुको शल्यक्रिया जटिल र संवेदनशील हुन्छन् । म लगायतका कतिपय न्युरो सर्जनहरु कतिपय अवस्थामा बिहान ६.३० बजे घरबाट निस्कने र राति १०—११ बजेमात्र घर फर्कनुपर्ने बाद्यता हुन्छ ।
अपरिपक्वताको कमी
मुलुकको जनसंख्यालाई धान्नसक्ने न्यूरो सर्जनहरु नेपालमा छैनन् । नेपालमा हालसम्म नेप्लिज सोसाइटी अफ न्युरो सर्जनमा दर्ता भएका ७५ र नभएका ५ जना गरी ८० जनाको हाराहारीमा न्यूरो सर्जनहरुको तथ्यांक भएपनि सबै परिपक्व हुन सकेका छैनन् । कतिले भर्खर अध्ययन सकेका छन् भने कति सिक्ने क्रममा छन् ।

नेपालको कुरा गर्ने हो भने एक जना न्यूरो सर्जनको भागमा ६ लाख ६० हजार मानिसहरु पर्दछन् । यस हिसाबले नेपालमा अझै निकै न्यूरो सर्जनहरुको अभाव छ ।

अपुग न्युरो सर्जन
जापानमा एकजना न्यूरो सर्जनको भागमा ५ हजार मानिस पर्दछन् भने यूएसएमा एकजना न्यूरो सर्जनको भागमा करिब २० हजार मानिसहरु पर्दछन् । नेपालको कुरा गर्ने हो भने एक जना न्यूरो सर्जनको भागमा ६ लाख ६० हजार मानिसहरु पर्दछन् । यस हिसाबले नेपालमा अझै निकै न्यूरो सर्जनहरुको अभाव छ । काठमाडौं बाहिर बिराटनगर, पोखरा, भरतपुर, लगायतका शहरहरुमा न्यूरो सर्जरीको विकास शुरु भएको छ । तर यसले प्रयाप्तता पाउन सकेको छैन ।
विकास र विस्तार
नेपालमा न्यूरो सर्जरीको शुरुवात् प्रा.डा. दिनेशनाथ गोंगलले बीर अस्पतालबाट शुरु गर्नुभएको थियो । त्यसपछि प्रा.डा. उपेन्द्र देवकोटाले न्युरो सर्जरी सेवाको सफल विकास र बिस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । शुरुमा बीर अस्पतालमा सिटी स्क्यान मात्र थियो र त्यो सुविधा अन्य शहरहरुमा थिएन । न्यूरोसम्बन्धि रोग लागेमा बीर अस्पतालमै आउनुपर्दथ्यो । त्यसकारण बीर अस्पतालको न्यूरो सर्जरी विभागमा निकै ठूलो चाप हुन्थ्यो । बिराटनगर, बीरगंजमा बेहोस भएका बिरामीहरु काठमाडौंमा ल्याउन्जेलसम्म बाटोमै मृत्यू हुन्थ्यो र मृत्युको कारण पनि थाहा हुँदैनथ्यो । तर हाल बिगत १० वर्षमा नेपालको न्यूरो सर्जरी क्षेत्रमा धेरै परिवर्तन र विकास भएको छ । अहिले प्रायजसो ठूला सबै शहरहरुहरुमा सिटी स्क्यानको व्यवस्था, न्यूरो सर्जनहरुको अभाव भएका ठाउँहरुमा दक्ष चिकित्सक, सर्जनहरुको केही उपलब्धताका कारण धेरै हदसम्म जोखिम न्यूनिकरणमा मद्धत पुगेको छ ।
भ्रम 
विगतमा गाउँघरहरुमा बेहोस भएर कसैको मृत्यू भएमा वाण लागेर मृत्यू भएको विश्वास गरिन्थ्यो । यस्ता व्यक्तिलाई चाँडो गरेर अस्पताल पु¥याउने र रोगको निदान गरी उपचार पु¥याउने कसैले पनि ध्यान दिँदैन थिए । वाण लाग्नु भनेको पक्षाघात अथवा हृदयघात भएर बिरामीको मृत्यू हुनु हो र समयमा सो बिरामीलाई अस्पताल पु¥याउनसकेमा बचाउन पनि सकिन्छ भनेर कसैलाई पनि जानकारी थिएन । तर विगत एक दशकदेखि नेपाली जनमानसमा स्वास्थ्यसम्बन्धि जनचेतनाको स्तर बढेको छ ।

न्यूरो भास्कुलर 
न्यूरो भनेको नशा र भास्कुलर भनेको रगतको नशा हो । मस्तिष्क र मेरुदण्डलाई सिंचाई गर्ने रगतका नशाहरुको अनुसन्धान, निदान र शल्यक्रिया गर्ने पद्धतिलाई न्यूरो भास्कुलर भनिन्छ । मस्तिष्कभित्रको रगतको नशासम्बन्धि रोगको शल्यक्रियालाई न्यूरो भास्कुलर सर्जरी भनिन्छ । यसमा एन्युरिजम, एभिएमजस्ता सर्जरी पर्दछन् । मस्तिष्कमा रगत सिंचाई गर्ने दुईवटा क्यारोडिआर्टरी, दुई वटा भर्टेब्रलआर्टरी गरी चारवटा रगतका नसाहरु हुन्छन् । यी नसाले मस्तिष्कको अगाडि र पछाडिको भागमा रगत आपूर्ति गरिरहेका हुन्छन् । कुनै कारण यी रगतका नसाहरु बन्द भएमा वा फुटेर ब्रेनभित्र रगत बगेमा वा रगतको नशा बेलुन जस्तो फूट्दै गएमा वा रगतका नशाहरु गुजुल्टो (एभिएम) परेमा शल्यक्रिया गरेर निको पार्नुपर्छ ।

एन्युरिजम सर्जरी
मस्तिष्कको रगतको नलीमा कुनै कारणवश झिल्ली कमजोर भएर बनेको फोकालाई एन्युरिजम भनिन्छ । यो कमजोर हुने भएकाले खोक्दा पनि फुट्नसक्छ । सानोमा यो फुट्दैन । विस्तारै उमेर बढ्दै जाँदा उच्च रक्तचापलगायतका विभिन्न समस्याले फुट्नसक्छ । कतिपय अवस्थामा आफैं पनि फूट्नसक्छ ।   ब्रेन ह्याम्रेज हुनुको एउटा प्रमुख कारण मस्तिष्कभित्र एन्युरिजम फूटेर भएको पाइएको छ । नेपालमा प्रत्येक वर्ष ३ लाखलाई ब्रेन एन्युरिजम हुने र प्रत्येक वर्ष ६ हजारको एन्युरिजम फूटेर ब्रेन ह्यामोरोइज हुने अनुमान छ । तीमध्ये एक तिहाई अस्पताल ल्याउँदा ल्याउँदै बाटोमा मर्छन् । अर्को एक तिहाई बिरामीहरु अस्पतालमा भर्ना भएपछि उपचारको क्रममा मृत्यू हुन्छ र बाँकी एक तिहाई मात्र उपचार पाएर बाँचेर घर फर्किन्छन् ।
यसरी ब्रेनको एन्युरिजम बेलैमा पत्ता लगाएर उपचार एवं शल्यक्रिया गरेमा संभावित खतराबाट बिरामी बचाउन सकिन्छ । बिरामीलाई एन्युरिजम भएको थाहा हुने बित्तिकै शल्यक्रिया प्रक्रियामा लानुपर्छ । यो जटिल र संवेदनशील शल्यक्रिया हो । यस किसिमको समस्या भएका बिरामीहरुको शल्यक्रियाका लागि समयको कुनै सिमा हुँदैन । जतिबेला पनि तयार हुनुपर्छ । ५ मिनेट ढिला भएमा पनि बिरामीको ज्यान जानसक्छ । शुरुमा थोरै मात्र ब्लिडिङ हुने भएकाले शल्यक्रिया गरेर यसलाई नियन्त्रणमा राख्नुपर्छ । यसो गर्न सकेमा अर्कोपटक मस्तिष्कमा ब्लिडिङ हुन पाउँदैन र बिरामी लामो समयसम्म बाँच्न सक्छ । त्यसैले सबै जिल्लाहरुमा एक एक वटा न्यूरो सर्जन पु¥याउनुपर्छ । यसप्रति सम्बन्धित निकायको ध्यान पुग्न जरुरी ठानेको छु ।
पक्षघात बढ्नुको कारण

– धेरै चिल्लो पदार्थ (उच्च कोलेस्टेरोलको मात्रा) को सेवन
– तनाव
– शारीरिक अभ्यासको कमी
– अत्यधिक धुम्रपान
– मद्यपान
– उच्च रक्तचाप 
-मधुमेह

(डा. शर्मा नेपाल मेडिसिटी हस्पिटलमा कार्यरत हुनुहुन्छ ।) 
http://nepalhealthnews.com/news/2019/03/19/15868.html

Website Visitors: 144485